काठमाण्डौँ : काठमाण्डौमा सम्पन्न हिमालय अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत लोकगीत विधाबाट बहिरा कलाकार सुजल बमले अवार्ड प्राप्त गरेकी छन । लोकगीततर्फ सर्वाधिक रुचाइएको गीत ‘बैनी झ्यालैमा’बाट सर्वोत्कृष्ट मोडलको रुपमा बम सम्मानित भएकी हुन ।
यस्तै सोही गीतबाट इनकरेजमेन्ट अवार्ड श्रद्धा भुसाललाई प्रदान गरिएको छ । यसअघि पनि सुजल बम भारतमा आयोजित अन्तर्राष्ट्रिय मिस डेफ ला ग्रयाभिटि २०२० मासहभागि भई दोस्रो भएकी थिइन । यस्तै उनी मिस एसइइ २०१९ मा चौथो भएकी थिइन । विमेन्स एरा एण्ड मिडिया रुप नेपालद्वारा राजधानीमा सो अवार्ड सम्पन्न भएको हो ।
Leave a Reply