फलोअप : अन्तरजातीय विवाह स्वीकार नगर्दा अर्जुन विश्वकर्माले आत्महत्या गरे !

समतापोष्ट
  १७ माघ २०७७, शनिबार १०:५४

इटहरी । एक वर्ष सम्मको अन्तरजातीय प्रेम सम्बन्धपछि भागी विवाह गरेका सुनसरीको रामधुनी नगरपालिका-४ रामपुरा १८ वर्षीय  अर्जुन विश्वकर्माले आत्महत्या गरे । स्थानीय  दिपिका भुजेलसंग विगत १ वर्षदेखि  प्रेम सम्बन्धमा रहेका विश्वकर्माले माघ ७ गते प्रेम विवाह गरेका थिए । विवाह गरेको तीन दिनपछि अर्थात माघ १० गते उनले आत्महत्या गरेका हुन् ।

उनको लास आफ्नै घरको कोठाभित्र झुण्डिएको अबस्थामा भेटिएको थियो । उनको आत्महत्या दुरुत्साहन भएको परिवारको दावी छ ।

ज्यान लिने धम्कीका कारण आत्महत्याको बाटो रोज्नुपरेको स्थानीय अधिकारकर्मी र उनको परिवारको आरोप छ । अन्तरजातीय विवाह गरेका कारण जातीय आधारमा गालीगलौज  गरी रुकुम हत्याकाण्ड दोहोराउने धम्की दिएपछि छोराले आत्महत्याको बाटो रोजेको आमा कुमारी विश्वकर्माकाले  बताइ्न ।

स्थानीय गैरदलितहरुले पश्चिम रुकुमको जस्तै घट्ना दोहोराउने भनि हामीलाई अश्लिल शब्द प्रयोग गरेर गाली गरे,छोराले गाली सहन नसकेर एक्कासी घरमा रुदै आएर कोठा भित्रबाट चुकुल लगाएर डोरीले पासो लगाएछ आमाले भनिन् ,केही छिनमा घर आएर चिच्याउदै छोरालाई बोलाउँदै ढोका ढकढक्याए तर खोल्न सकिन् । धेरै हार गुहार गर्दा पनि कोही पनि नभएका कारण छोरालाई बचाउन सकिन् ।

आँखैअघि छोराले आत्महत्या गरेर प्राण त्याग्यो आमाले रुदै भनिन् कलकलाउँदो उमेरको छोरालाई गुमाउनु पर्दा आज हाम्रो परिवार नै विक्षिप्त बनेको छ । ‘जस–जसले छोरालाई आत्महत्या गर्नु पर्ने अवस्था बनाए, ‘उनीहरुलाई खोजीखोजी कारबाहीको भागीदार बनाउनुपर्छ ।’ 

माघ ७ गते भागी विवाह गरेका  गरेका उनीहरुको  कानुनी रुपले उमेर नपुगेका कारण स्थानीयहरुले लालपुर प्रहरी चौकीसम्म पु¥याए । चौकीमा स्थानीय समाजसेवी,वडा अध्यक्ष र राजनीतिक दलका प्रतिनिधिसँगै केटाकेटी दुबै पक्षका आफन्तहरु भेला भएका थिए ।

विवाहले कानुनी मान्यता  नपाउने भएपछि  प्रहरीले केटा र केटीलाई अभिभावकको जिम्मा लगाएको थियो ।

आत्महत्या गर्न बाध्य पार्नेहरुको डर त्रासका कारण कोही पनि अन्तिम दाहसंस्कारमा समेत नआएको आमाले बताइन् ।

आत्महत्या गर्न बाध्य बनायो  : दलित अधिकारकर्मी

घटना घटेको पाँच दिनपछि घटनास्थलको स्थलगत अध्ययन गर्न पुगेको टोलीले अर्जुनको आत्महत्या अन्तरजातीय प्रेम विवाहको कारण दुरुत्साहित भएर भएको टोलीले निष्कर्ष निकालेको छ ।

दलित अधिकारकर्मीहरु डिबिशाह शंकर,अमर बराईली,पार्वती बराईली र रामधुनी झुम्काका स्थानीय अधिकारकर्मीहरु अध्ययन गर्न १५ गते घटनास्थल अध्ययनमा पुगेका थिए । घटनाको मुख्य  कारण अन्तरजातिय विवाह भएको र उक्त विवाहकै कारण आत्महत्या गर्न बाध्य बनाईएको ठहर छ । घटना  घटाउन बाध्य पार्नेलाई हदैसम्मको कानुनी कारबाही र  पीडित परिवारलाई क्षतिपुर्ति दिइनु पर्ने अधिकारकर्मीहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *