धनगढी । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’ को तयारी तीब्र रहेको आयोजक समितिले जनाएको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधब थारुका अनुसार आगामी फागुन १५ र १६ गते कैलालीमा हुन लागेको विशेष सम्मेलनको तयारीको लागि जिम्मेवारी बाँडफाँड भईसकेको छ ।
मोर्चाले कैलालीको जोशिपुरमा बसेको बैठकबाट माघ २३ गते कोइलही तालको प्रांगढमा थरुहट थारुवान युवा, महिला, बिद्यार्थी र बरघर भलमन्साको जिल्ला सम्मेलन गर्ने संयोजक थारुले बताए ।
उनले राज्यलाई शान्तिपूर्ण दवाब दिन अन्तर्कृया छलफल तथा थरुहट थारुवान राष्ट्रिय मोर्चाको नगरपालिका र गाउँपालिका स्तरिय भेला गरिने बताए । साथै कैलारी गाउपालिकामा माघ २१ गते, गोदावरी नगरपालिकामा माघ २२ गते, घोडाघोडी नगरपालिकामा माघ २४ गते, टिकापुर नगरपालिकामा माघ २५ गते भेला गर्ने तयारी भएको छ ।
त्यस्तै जानकी गाउँपालिकामा माघ २५ गते, गौरीगंगा नगरपालिकामा माघ २६ गते, बर्दगोरिया गाउपालिकामा माघ २७ गते, लम्कीचुहा नगरपालिकामा माघ २७ गते, जोशीपुर गाउपालिकामा माघ २८ गते, भजनी नगरपालिकामा माघ २९, धनगढी उ।म।न।पा।मा फागुन १ गते भेला हुने भएको छ ।
गुगलबाट लिएको फाइल फोटो
Leave a Reply