लैङ्गिकमैत्री उपमहानगर बनाउन अभिमुखीकरण

समतापोष्ट
  २३ माघ २०७७, शुक्रबार १०:४५

धनगढी । धनगढीलाई लैङ्गिक मैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले यहाँका जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद् न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताइन् ।

लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको उनको भनाइ थियो ।

उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष र अपाङ्गता सेवा कक्ष निर्माण गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *