धनगढी । शंकास्पद अबस्थामा मृत फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टले घटनाको दिन भारतीय सीम कार्ड प्रयोग गरेको खुलेको छ । प्रहरीका अनुसार भारतीय सीम कार्ड उनका दाईले भारत बसेर फर्कँदासँगै ल्याएको र उनले प्रयोग गर्दै आएको नेपाली सिमकार्ड घटना भएको दिन घरमा नै फेला परेको हो ।
अनुसन्धानमा संलग्न प्रहरी टोलीले घटनास्थलमा फेला पारेको मोबाइल र नेपाली सीमकार्ड दुवैको डाटा रिकभर गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । मोबाइलबाट डिलिट भएका सबै म्यासेज र कलको विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर गरिरहेको सिंहले बताए ।
सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्ययनरत भट्ट बुधबार स्कुलबाट फर्कने क्रममा हराएकी थिइन् । उनी अध्ययनरत स्कुलदेखी करिब ३ किलोमिटरको दूरीमा बिहीबार उनको शव भेटिएको थियो ।
Leave a Reply