काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।
मंगलबार मानवअधिकारकर्मी योद्धा स्व.प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा.विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो
बाजुराको बुढीनन्दा नगरपालिका –५ का स्थायी बासिन्दा डा.विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा समर्पित व्यक्तित्वको रुपमा परिचित छन् ।
बिगत ३ वर्षदेखि बाजुरा जिल्लामा रही नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उनलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले बताए ।
३ वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाको घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालीन उपचार गरी घाईतेलाई बचाएपछि उनको चर्चा देशभरी भएको थियो ।
सम्मानपछि डा.विश्वकर्माले यो सम्मान आफ्नो मात्रै नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको सम्मान भएको बताए ।सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्डबाट डा.विश्वकर्मा सम्मानित भएका थिए ।
Leave a Reply