काठमाण्डौँ । शुक्रवार देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार अझै एकरदुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उनले बताए । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताए ।
यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।
Leave a Reply