मेल्लेख गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न

समतापोष्ट
  ३० माघ २०७७, शुक्रबार २१:०३

अछाम । मेल्लेख गाउँपालिकाको सातौँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ ।

चालु आर्थिक बर्षको ६ महिनाको अबधीमा पालिकाले गरेका प्रगति विवरण र गाउँ कार्यपालिका बैठकमा पारित गरेका विभिन्न कार्यबिधि सार्वजनिक गरेको थियो । गाउँसभाले बजेट संसोधन कार्यबिधि २०७७ पनि पारित गरेको छ । मेल्लेख गाउँपालिका -४ कुस्कोट ठूलो र भौगोलिक विकटता भएकाले वडा बिभाजन गर्न सकिने पनि सभाले पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा सम्पन्न सार्वजनिक गरिएको प्रगती विवरण बारे गाउँसभा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिदै अध्यक्ष लोक बहादुर बोहराले मेल्लेख गाउँपालिकाको विकासका लागी कुनै कमि नराखेको बताए । आबश्यकताको आधारमा   बजेटको व्यवस्था गरि काम अघि बढाएको उनले बताए । शिक्षा ,स्वास्थ्य सडक कृषी पशुपालन लक्षित बर्ग बालबालिकाहरुको लागि पहिलो प्राथमिकतामा राख्दै अन्य बिकासका  ठुला आयोजनाका काम केही सम्पन्न भइसकेको र केहि सम्पन्न हुने क्रममा रहेको पनि बताए ।

मेल्लेख गाउपालिका हरेक कृयाकलाप बाट जनता को इच्छा आकंक्षा पूरा गरेको बताएका छन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले छ महिनाको अबधीसम्म अर्ध बार्षिक रुपमा सम्पन्न कार्य र आयव्यय र बिबरण सार्वजनिक गरेका थिए । सार्वजनिक विवरण अनुसार चालु तर्फ ३१ ।७२ प्रतिशत,पुँजिगत तर्फ २९। ४६ प्रतिशत खर्च भएको छ । यस बर्ष समयमै रकम भुक्तानी गरि सकिने पनि बताएका छन । गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहीले आगामी दिनमा राजश्व बद्धि गर्नुपर्ने सुझाए । उनले भने,जनप्रतिनिधिहरु सकृय भई सामाजिक कुरीतीका बिरुद्ध थप अभियान संचालन गर्नुपर्ने बताए। गाउँसभामा सहभागीहरुले न्यायिक समितिलाई सक्रिय बनाउन सुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *