मिलन परियार । अहिले पनि हाम्रो समाजमा अन्तरजातीय विवाह स्वीकार्य छैन् । कथित दलित र गैरदलितबीचको मागी विवाह समाजले बर्जित गरेको छ । केटाकेटीबीच राजीखुशी भागी विवाह भयो भने पनि समाजले सहजै स्वीकार गर्न सक्ने अवस्था छैन्।
प्रबिधिको प्रयोग र शैक्षिक चेतनास्तर बृद्धिसंगै पछिल्लो समय अन्तरजातीय प्रेम विवाह गर्नेहरुको संख्या बढेको छ । संख्या बढेसंगै अन्तरजातीय प्रेम विवाहका कारण देशभर दलित समुदायका युवाहरु मारिने क्रम पनि बढेको छ ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीकी सुष्मा मल्लबीच अन्तरजातीय प्रेम सम्बन्धकै कारण जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको नृशंस हत्या गरिनु यसको पछिल्लो उदाहरण हो ।
मान्छेमान्छेबीच छोइछिटो र उचनिचको व्यवहार गरिनु सामाजिक अपराध हो । कानूनले यसलाई दण्डनिय अपराध मानेको छ । सुदूरपश्चिम प्रदेशमा जातीय विभेद तथा छुवाछुतको कहाली लाग्दो अवस्था छ । मान्छेमान्छेबीच टासिदा छोइछिटो हालेर चोखिने चलन अझै हटेको छैन् । सुदूरपश्चिमको प्रमुख शहर कैलाली र कंचनपुरमा अहिले पनि दलितलाई डेरा पाउन मुस्किल छ । हिन्दु संस्कारका नाममा रहेका अन्धविश्वासलाई चिर्दै बर्षौदेखी समाजमा जरो गाढेर रहेको गलत मान्यतालाई तोड्दै कंचनपुरका सामाजिक अभियन्ता विरेन्द्र विसी र लक्ष्मी जोशीले शनिवार अन्तरजातीय विवाह गरेर समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरण व्यवहारिक रुपमा देखाएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कंचनपुर जिल्ला कमिटी सदस्य समेत रहेका कंचनपुरको भिमदत्त नगरपालिका –५ सुकासाल बनगाउँका बिसी र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत भिमदत्त नगरपालिका-१६ बसन्तपुरकी जोशीले जनयुद्ध दिवसको अवसरमा कोटेश्वरस्थित पेरिडाँडामा आयोजित भव्य कार्यक्रममा प्रगतिशिल विवाह गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधब समूहका अध्यक्ष प्रचण्डले मैनबैत्ती बालेर प्रगतिशिल विवाह कार्यक्रम उद्धघाटन गर्दै विरेन्द्र र लक्ष्मीलाई फूलमाला लगाएर बधाई तथा आर्शिवाद दिए ।
लामो समयदेखी प्रेम सम्बन्धमा रहेका विरेन्द्र र लक्ष्मीले परिवारको राजीखुशीमा बैवाहिक बन्धनमा बाधिएका हुन् । विवाह कार्यक्रममा यि दुबै जोडीलाई बधाई र आर्शिवाद दिन पार्टीका शिर्ष नेता,पूर्वमन्त्री,सांसद लगाएतका सयौं नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । सुदूरपश्चिम जस्तो ठाउँमा जन्मेहुकेका यि जोडीले सामाजिक विभेदको खाडल पुर्नका लागि गरेको साहसिक कदमप्रति धेरैले उनीहरुको तारिफ समेत गर्न भ्याए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधब समूहका अध्यक्ष प्रचण्ड,प्रबक्ता नारायणकाजी श्रेष्ठ,स्थायी समिति सदस्य रघीजी पन्त,हरिवोह गजुरेल,पम्फा भुषाल,देब गुरुड,कंचनपुर जिल्लाकै पूर्व खानेपानी मन्त्री विना मगर, बिगठित प्रतिनिधि सभा सदस्य दिपक प्रकाद भट्ट,संबिधान सभा सदस्य टेकेन्द्र भट्ट,सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्व पर्यटन राज्यमन्त्री प्रकाश रावल,विधार्थी नेताहरु लगायतका सयौंजनाले पालैपालो टिकामाला लगाएर बधाइ तथा आर्शिवाद दिएका थिए ।
उहाहरु दुबैजना अखिल त्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य हुन् । समाज रुपान्तरणका लागि दश बर्षे महान जनयुद्धले स्थापित गरेको मान्यतालाई आत्मसात गर्दै परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्न आफुहरुले यो कदम चालेको नव जोडीले समताखबरलाई बताए ।
Leave a Reply