दलितलाई डेरा नदिने घरबेटी पक्राउ

समतापोष्ट
  १४ फाल्गुन २०७७, शुक्रबार ०९:१२

काठमाडौ । जातकै कारण दलितलाई डेरा दिन नमान्ने काठमाडौंका एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको हो ।

फ्ल्याट भाडामा दिने भनेर एक हजार रुपैया एड्भान्स लिएका घरबेटीले थर विश्वकर्मा भन्ने थाहा पाएपछि जातीय विभेद गदै फ्ल्याट भाडामा दिन इन्कार गरेका थिए ।

गत बिहीबार जातीय विभेद गरेको भन्दै करुणाले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी थिइन् ।

करुणाको जाहेरीको आधारमा प्रहरीले घरबेटी भुसाललाई पक्राउ गरेको वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *