बादी समुदायका युवाले पठाए प्रधानमन्त्रीलाई १५ बुँदे मागपत्र

समतापोष्ट
  २४ फाल्गुन २०७७, सोमबार २०:१५

नेपालगन्ज ।  राष्ट्रिय बादी सञ्जालको अगुवाइमा बादी समुदायका युवाले प्रधानमन्त्रीलाई १५ बुँदे मागपत्र पठाएका छन् ।

नेपालगन्जमा जम्मा भएका १२ जिल्लाका बादी समुदायले सोमबार नेपालगन्ज बजारबाट र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएका हुन् ।

मागपत्रमा बादी समुदायका बालबालिकालाई उच्च शिक्षासम्मको अध्ययन निःशुल्क हुनुपर्ने, सरकारबाट प्राप्त सेवा सुविधाहरुमा बादी समुदायको लागि छुट्टै विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने, बादी समुदायका युवालाई रोजगारीमा लगाउनका लागि शैक्षिक तथा सीप परीक्षण प्रमाणपत्रको आधारमा ५ लाखदेखि १० लाखसम्म बिना ब्याज ऋण उपलब्ध गराउनु पर्ने, भूमिहीन बादीलाई कानुन बमोजिम एकपटक भूमिसहित आवास उपलब्ध हुनुपर्ने, आमाको नामबाट नागरिकता प्रदान गर्ने सर्वोच्च अदालतको परमादेशलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखिएको छ ।

सञ्जालका अध्यक्ष केशव नेपाली (बादी) का अनुसार ४३ प्रतिशत भूमिहीन, ५७ प्रतिशतसँग ऐलानी तथा श्रेस्ता जमिन रहेको छ ।

५७ प्रतिशत मध्येमा ४२ प्रतिशत निजी र ५८ प्रतिशत ऐलानी तथा सरकारी जमिन रहेको उनले बताए । २०६८ को जनगणना अनुसार नेपालमा बादी समुदायको जनसंख्या ३८ हजार ६ सय ३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *