बुटवल । राष्ट्रिय दलित पत्रकार सँघ नेपालको प्रथम महाधिबेशन बुटवलमा शुरु भएको छ । महाधिवेशनको पुर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार भव्य समारोहकाबीच उद्घाटन गरेका हुन् ।
देशको राजनीति संकटपूर्ण अवस्थामा रहेका बेला नजान आग्रह गरिएपनि देशैभरका दलित समुदायका युवा पत्रकारहरुको सहभागीता रहेको यस महाधिवेशनमा सहभागि हुन मैले महत्वपुर्ण ठानेर यहाँहरुका बीच उपस्थित भएको बताए । उनले दश बर्षे जनयुद्धका बेला यो समुदायले ठुलो गुन लगाएकोले आफु ऋणि रहेको बताए ।
राष्ट्रिय दलित पत्रकार सँघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा सम्पन्न महाधिबेशनको उद्घाटन समारोहमा अध्यक्ष पहाडीले नेपाली काँग्रेशले धनमानसिँह परियारलाई महामन्त्री बनाएको प्रसँगलाई कोट्याउँदै नेकपा माओवादी केन्द्रले पनि दलित समुदायबाट महासचिव बनाउन सकोस भन्दै व्यँगात्मक रुपमा प्रचण्डको ध्यानाकर्षण गराए ।
सो अवसरमा अक्षयकोष स्थापना गरी त्यसबाट आउँने ब्याजबाट विभिन्न व्यक्तिका नाममा स्थापना गरिएको पत्रकारिता पुरस्कार कोषबाट पत्रकारिता मार्फत न्याय र सामाजिक रुपान्तरणका पक्षमा कलम चलाउने क्रियाशिल पत्रकारहरुलाई पुरुस्कार समेत प्रदान गरिएको थियो । पुष्पलालचोकबाट बाजागाजाका साथ बुटवल नगरमा प्रभात फेरी समेत गरिएको थियो ।
Leave a Reply