बर्दगोरियामा मनाइयो जातीय विभेद उन्मुलन दिवस

समतापोष्ट
  ८ चैत्र २०७७, आईतवार २१:१८

कैलाली : ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस बर्दगोरिया गाउँपालिका मनाईएको छ । । बर्दगोरिया गाउँपालिका र दलित महिला संघको आयोजनामा दिवस मनाईएको हो।

जातीवाद विरुद्ध युवा,जातीय हिंसा र छुवाछूत विरुद्ध हामी भन्ने मुल नारासहित प्रर्दशन गर्दै   बर्दगोरिया गाउँपालिकाको बौनिया बजारस्थित बसन्त मुरारी माविमा कार्यक्रम सम्पन्न गरिएको हो ।

बर्दगोरिया गाउँपालिका वडा २ का अध्यक्ष भेखु चौधरी प्रमुख अतिथि रहेको सो कार्यक्रममा विशिष्ट अतिथि बसन्त मुरारी मा.वि.का प्रअ भुमि प्रकाश बम रहेका थिए । कार्यक्रममा स्थाानीय बुद्धिजिवि,दलित अधिकारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन दलित महिला अधिकारकर्मी बालकुमारी सुनारले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *