कर्णाली पुलबाट हामफालेका किशोर बेपत्ता

समतापोष्ट
  २९ चैत्र २०७७, आईतवार १४:०३

धनगढीः कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका किशोर अझै फेला परेका छैनन्।

शनिबार जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका थिए।

उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

उनीसँगै हामफालेका १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय बिरेन्द्र सिँहको त्यतिबेलै उद्वार गरिएको थियो। प्याकुरेललाई उपचारका नेपालगञ्ज लागि लगिएको छ। उनको छातिमा चोट लागेको कैलाली प्रहरीले जनाएको छ।

शनिबार बेपत्ता भएका किशोरसहित ८ जना विद्यार्थीको समूह चिसापानी गएका प्रहरीले बताएको छ। तर ती मध्ये खड्काले किन कर्णालीमा हामफालेको भन्ने एकिन भएको छैन।

प्रारम्भिक अनुसन्धानबाट सुरुमा हामफालेका सञ्जय खड्कालाई बचाउन लोकेश प्याकुरेल र बिरेन्द्र सिँह हामफालेको खुलेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

चिसापानी पुलमा दैनिक टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको छ। तर उनीहरु भने कुनै भिडियो नबनाइरहेको अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *