बैतडीका आठ जनामा कोरोना पुष्टि

समतापोष्ट
  २९ चैत्र २०७७, आईतवार १४:२२

बैतडी : बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ।
भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो।

पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन।

सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *