काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा १४ जिल्लालाई कोरोनाको अति प्रभावित भनेर छुट्याएको छ ।
उक्त जिल्लाहरुमा भिडभाड हुने काम नगर्न अपिल समेत गरेको छ । विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ ।
मन्त्रालयले अति प्रभावित जिल्लाहरुमा भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि हालसम्म निर्णय भइनसकेको अवस्था भएकाले भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपील गरेको हो।
कोभिड-१९ संक्रमणको दोस्रो लहरका कारण अति प्रभावित जिल्लाहरु काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन्।
Leave a Reply