धनुषा : मेका इन्जिनियरिङ समाजको शनिबार पहिलो साधारण सभा सम्पन्न भएको छ। सबैला नगरपालिकामा नयाँ कार्य समिति चयन गर्दै समाजको साधारण सभा सम्पन्न भएको हो । इन्जिनियरहरुको संगठन मेका इन्जिनियरिङ समाजको स्थापना बिगत एघार बर्ष अघि भएको हो ।
बिश्वभरी छरिएर रहेका सबैला नगरपालिका भरिका इन्जिनियर एवं ओभरसियरहरुलाइ संगठित गर्दै पेशागत सुक्षाका लागि क्रियाशिल मेका इन्जिनियर समाजको पहिलो साधारण सभाको प्रमुख अतिथि भौतिक पुर्वाधार तथा बिकास मन्त्री जितेन्द्र सोनल थिए ।
नयाँ निर्वाचित पदाधिकारीहरुलाइ मन्त्री सोनलले सम्मान गरेका थिए।
सबैला नगरपालिकामा मात्रै ५० इन्जिनियर,२०० ओभरसियर दक्ष जनशक्ति भएर नगरपालिकाले जनशक्ति परिचालन गर्न नसेकेको आयोजकले सबैला नगरपालिका नगर प्रमुख बिजयशंकर साहसंग गुनासो गरेको छन् । आगामी बर्षहरुमा निर्माण गरिने ठुला योजनाहरुको DPR तयार पारी काम अघि बढाउन आयोजकले नगर प्रमुख साहलाइ आग्रह गरे।
नगरपालिका क्षेत्रभित्र जिर्ण अबस्थामा रहेका काठमहल पोखरी,खोला,निर्माणाधीन प्राथमिक अस्पताल,खानेपानी टंकि लगायत सप्तेश्वरनाथ महादेव मंदिर सहित अन्यको समेत कार्य योजना बिस्तार गर्दै स्थानीय सरकार,प्रदेश सरकार एवं संघिय सरकारले सहयोग गरे सौन्दर्यात्मक बनाउन समाजले भुमिका निर्वाह गर्ने बताइएको छ ।
प्रदेस सांसद किशोरी साहले मेका इन्जिनियरिंग समाजलाइ नगरपालिकामा सिमित नराखेर प्रदेशभरी विस्तार गर्नुपर्ने सुझाव दिइन् । प्रदेशभरी विस्तार गर्न सके टेक्निकल शिक्षा लिने बिद्यार्थीहरुको लागि एक प्लाटफोर्म तयार हुने उनले बताइन ।
संघिय सरकारदेखी स्थानीय सरकारले गर्ने बिकास निर्माणका काम होस या कामहरु गुणस्तरीय र समयमै सम्पन्न गर्नका लागि शिक्षित युवाहरुको संगठित रुपमा खबरदारी जरुरी रहेको मन्त्री सोनलले औल्याए ।
कार्यक्रममा प्रदेश सांसदद्वय परमेश्वर साह,किशोरी साह,जसपा नगर संयोजक रामचन्द्र जयसवाल,सबैला नगरपािलकाका नगर प्रमुख बिजय शंकर प्रसाद साह,उप प्रमुख निलु कापर,जसपा केन्द्रिय सदस्य संजय सिंह लगायत युवा नेता ,पत्रकार र बिद्यार्थीहरुको सहभागिता रहेको थियो।
Leave a Reply