चितवन : पूर्वी नवलपरासीमा पछिल्लो १ सातामै कोभिड-१९ का संक्रमितको दर बढ्न थालेपछि बिरामी राख्न अस्पतालको तयारी तीव्र पारिएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष र ६ बेडको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ । त्यसैगरी जिल्ला अस्पतालमै थप १२ बेडको आइसोलेसन कक्ष तयार भइरहेको छ ।
सोमबार बसेको नवलपुर जिल्ला स्तरको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभित्रको पालिका स्तरका सबै अस्पतालाई कम्तीमा ५ देखि १० बेडको आइसोलेसन कक्ष तयार गर्न निर्देशन दिइएको छ ।
छिमेकी चितवनका अस्पताल भरिभराउ हुन थालेपछि नवलपुरमै आइसियु कक्ष स्थापना गर्नुपर्ने बाध्यता आइलागेको हो ।
Leave a Reply