सुनको भाउ घट्यो

समतापोष्ट
  १५ बैशाख २०७८, बुधबार १२:५०

काठमाडौं : सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

वैशाख १० गते शुक्रबारदेखि ओरालो लागेको सुनको भाउ आइतबार र सोमबार स्थिर रहेपनि त्यसयता झिनो अंकले घटिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *