काठमाडौं : काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको हो ।
संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लागू गरेका हुन्।
निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र सन्चालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ ।
बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।
त्यहिअनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश दिएका हुन्।
निषेधाज्ञाको समयमा यातायातका साधान बन्द भएका छन्। अत्यावश्यक परेका बाहेक अन्यलाई जथाभावी हिडडुल गर्न पनि रोक लगाइएको छ।
Leave a Reply