धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु,एकै दिन मृत्यु हुनेको संख्या ३ पुग्यो

समतापोष्ट
  १७ बैशाख २०७८, शुक्रबार १७:२४

धनगढी : धनगढीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनगढीको कोभिड-१९ अस्थायी अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-५ की ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनीमा कडा खालको निमोनिया थियो । वैशाख १५ गते अस्पताल भर्ना भएकी उनको आईसीयूमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

यो सहित शुक्रबार कैलालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

शुक्रबारनै लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुष र गोदावरी नगरपालिका-११ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।

लम्कीचुहाका ४३ वर्षीय पुरुष ७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनी निमोनियाको बिरामी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। आज बिहान ५ बजेको समयमा उनको मृत्यु भएको हो।

यस्तै गोदावरी नगरपालिका-११ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

बिहीबार सुदूरपश्चिम प्रदेशमा १५ जना संक्रमितको मृत्यु भएको थियो। कैलालीका ६, कञ्चनपुरका ५, अछामका २, बझाङ र दार्चुलाका १र१ जनाको कोरोनाका कारण मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *