दाङ : दाङमा भारतीय नम्बर प्लेटको कारभित्र तीन बालकको शव भेटिएको छ ।
तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजारमा रोकिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निसान कारभित्र तीन बालकको शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार कार माघ महिनादेखि पार्किङमा राखिएको थियो ।
कसको गाडी हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको सनाखत भइनसके पनि सबै १० वर्षभन्दा कम उमेरका छन् ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।
Leave a Reply