स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि एक हजार शय्या थप्दै

समतापोष्ट
  १९ बैशाख २०७८, आईतवार १४:०१

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि एक हजार शय्या थप्ने तयारी गरेको छ।

अस्पतालका शय्याहरु भरिदै गएपछि मन्त्रालयले एक हजार शय्या थप्ने तयारी गरेको हो। आइतबारसम्ममा एक हजार शय्या थप्ने तयारी भएको मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

उनले भने, ‘एकरदुई दिनमै कोभिडका लागि थप हजार बेड सञ्चालनमा ल्याउँछौ । अन्य योजनाहरु पनि भइरहेका छन्।’

कोभिडको उपचारका लागि विभिन्न सरकारी तथा निजी अस्पताल र सार्वजनिक क्षेत्र प्रयोग गरिने उनले बताए।

‘निजी तथा सार्वजनिक क्षेत्रलाई लिएर पनि व्यवस्थापन गर्ने कुरा छ। सम्झौता गर्दै काम गरिरहेका छौ। यसले पनि नपुगे विस्तारै हामीले लिएर सञ्चालन गर्ने गरी अघि बढ्छौं’ उनले भने।

कहाँ कति शय्या राख्ने भन्ने विषयमा भने हाल छलफल भइरहेको उनले बताए। सुरुमा आइसोलेसन सेन्टर बनाउने र आवश्यकता अनुसार अक्सिजनको व्यवस्था गरिने उनले बताए।

भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रलाई आइसोलेसन सेन्टर बनाउने विषयमा भने कुनै छलफल नभएको उनले बताए। सामाजिक विकास मन्त्रालयले यसको जिम्मेवारी पाएकाले हालसम्म थाहा नभएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *