बाँकेमा ३०५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

समतापोष्ट
  २० बैशाख २०७८, सोमबार ०८:०३

बाँके : कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा आइतबार १४ महिनाको बालकसहित १४२ जना महिला र १६३ जना पुरुष गरेर ३०५ जना निको भएर घर फर्केका छन् ।

आइतबार ५ सयभन्दा बढी कोरोना संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा २ वटा ल्याव र सिमानाकाको एन्टिजेन परीक्षणबाट ५३५ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार निशेधाज्ञाको आठौं दिनसम्म पनि बाँकेमा कोरोनाको ग्राफ ५०० बाट तल झर्न सकेको छैन । आइतबार थपिएमध्ये ४५१ जना बाँकेका हुन् भने बाँकी अन्य जिल्लाका रहेका छन् ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ५८३ नमुना परीक्षण गर्दा ३७५ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २११ नमुना परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *