ह्युमानिटी फाउण्डेसनले दियो महाकाली अस्पताललाई अक्सिजन सिलिण्डर

समतापोष्ट
  २१ बैशाख २०७८, मंगलवार १४:३४

कञ्चनपुर : ह्युमानिटी फाउण्डेसन नेपालले कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताललाई मंगलबार बिहान अक्सिजनका ४१ थान सिलिण्डर हस्तान्तरण गरेको छ ।

सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा उपचाररत कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम बढेपछि फाउण्डेसनले पहिलो चरणमा सरकारी अस्पताललाई निशुल्क अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत आज महाकाली अस्पताललाई ४१ थान सिलिण्डर उपलब्ध गराएको हो ।

अक्सिजनको अभावमा भौतारिदा भौतारिदै संक्रमितहरुको मृत्यु हुन थालेपछि संक्रमितहरुको उपचार गराईरहेका अस्पताललाई फाउण्डेसनले अक्सिजन उपलब्ध गराउन थालेको हो ।

फाउण्डेसनले सोमबाार धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई १०० थान र उप क्षेत्रीय अस्पताल डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको थियो ।

फाउण्डेसनले दोस्रो चरणमा संक्रमितहरुको उपचार गराईरहेका सरकारी संगै निजी अस्पताललाई समेत निशुल्क अक्सिजन उपलब्ध गराईरहेको छ ।

अक्सिजनको अभावमा कसैको मृत्यु नहोस भन्ने उद्देश्यले अक्सिजन उपलब्ध गराउने अभियान शुरु गरिएको फाउण्डेसनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *