माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

समतापोष्ट
  २१ बैशाख २०७८, मंगलवार १५:२२

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने रणनीति भएपछि माओवादी केन्द्रले बैठक बोलाएको बुझिएको छ ।

सोमबार काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेर ओलीको विश्वासको मत दिने निर्णयबारे छलफल गरेका थिए ।

देउवाले २ बजेबाट पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक विषयमा छलफल थालेका छन् । यता प्रचण्डले पनि स्थायी समिति बैठक बोलाएका हुन् । काँग्रेस र माओवादी केन्द्रको बैठकलाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *