माओवादी केन्द्रले आज समर्थन फिर्ताको पत्र बुझाउँने

समतापोष्ट
  २२ बैशाख २०७८, बुधबार ११:२९

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले केपी ओली नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा आज बुझाउने भएको छ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले १२ बजे सचिवालयमा गएर समर्थनको पत्र दर्ता गर्न लागेको जानकारी दिए ।

मंगलबार काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरुको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका संघिय संसदमा ५० जना सांद छन् ।

सरकारले भने माओवादीले समर्थन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *