![](http://samatapost.com/wp-content/uploads/2021/04/Corona-Death-1180x561.jpg)
बाँके : नेपालगञ्जमा कोरोना भाइरस संक्रमणले एकै परिवारका ४ जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनका दुई दाइ र उनकी एक बहिनीको मृत्यु भएको हो ।
नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ४२ वर्षीय जाहिरको बुधवार बेलुका मृत्यु भएको हो ।
त्यही अस्पतालमा उनका दाई एजाजको बिहीवार बेलुकी ७ बजे र इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको थियो । उनकी बहिनी भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो ।
अहमदको परिवारमा अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ती मध्ये कोहि घरमा आइसोलेसनमा र कोही अस्पतालमा उपचाररत छन् ।
Leave a Reply