धनगढी : कैलालीमा सोमबार (आज) ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भिमदत्त नगरपालिका ५ का ३३ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका १० का ६७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै धनगढी ३ कै ८७ वर्षीय महिला र धनगढी १८ कि ४२ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
त्यस्तै टीकापुर अस्पतालमा टिकापुर नगरपालिका १ का ५१ वर्षीय महिला र टिकापुर ७ कि ६३ वर्षीय महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका १ का ६७ वर्षीय महिलाको अस्पतालबाट घरमा पुराएपछि ज्यान गएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
Leave a Reply