दलित बस्ती जोगाउन बृक्षा रोपण

समतापोष्ट
  २३ श्रावण २०७८, शनिबार १७:०९

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा नदी कटानका कारण जोखिममा परेको दलित बस्तीमा बृक्षा रोपण गरिएको छ ।

“रुख रोपौ बस्ती बचाउ” भन्ने मूल नाराका साथ समता एक्सन ग्रुपले शनिबार विहान ८ बजे नगरपालिकाको वडा नं.१ पिपल टोलस्थित  दलित बस्तीमा बृक्षा रोपण गरेको हो ।

समता एक्सन ग्रुपमा आबद्ध युवा,स्थानीय जनप्रतिनिधि,शिक्षक,समाजसेबी,पत्रकार र दलित अधिकाकर्मीहरुले विभिन्न जातका २ हजार विरुवा रोपेका छन् ।

बस्तीको छेउको नदी बर्षेनी कटानका कारण बस्तीनै जोखिममा परेपछि बस्ती जोगाउने उदेश्यले बृक्षा रोपण गरिएको समता एक्सन ग्रुपकी संयोजक यशोदा बरालले जानकारी दिइन् ।

चौमालास्थित सब डिभिजन बन कार्यालयले उपलब्ध गराएको विरुवा गौरीगंगा नगरपालिकाले बस्तीसम्म ढुवानी गरि दिएको बताइएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *