काठमाडौं : विश्वभक्त दुलाल “आहुती” नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले दुईवटा रोचक र कलात्मक शैलीको झण्डा प्रयोगमा ल्याउने भएको छ ।
उक्त पार्टीको ललितपुरमा हालै बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार हसिया हथौडा अंकित गौरवमय झण्डा र नयाँ युगको कार्यभारसहितको कलात्मक ज्यामितीय नयाँ झण्डा प्रयोगमा ल्याउने भएको हो ।
पार्टीले लगाएको नयाँ झण्डाको अर्थ :
रातो तारा : क्रान्ति अथवा वैज्ञानिक समाजवादी क्रान्तिको बिम्ब ।
रिमोट : उत्पादक शक्तिको रुपमा विकास भएको विज्ञान प्रविधिको बिम्ब ।
हरियो पृष्ठभूमि : पर्यावरणको बिम्ब ।
हसिया हथौडा सहितको हात : कम्युनिष्ट ।
सार : कम्युनिष्टहरुले उत्पादक शक्तिको रुपमा विकास भएको बिज्ञान प्रविधिलाई प्रयोग गरेर वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभार पूरा गर्नेछन् !
र,
पूँजीवादले ध्वस्त बनाएको
पर्यावरणको रक्षा
आजको वैज्ञानिक समाजवादको
नयाँ कार्यभार बनेको छ !
(थपिएको नयाँ झण्डाको नमूना)
Leave a Reply