धनगढी : महिला हिंसा विरुद्धको अभियान “प्रहार” को आयोजनामा सात दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सुरु भएको छ ।
तालिमको मंगलबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले उद्घाटन गर्नु भएको हो ।
महिला हिसांजन्य घटना न्यनिकरणका लागि प्रहारले विभिन्न ठाउँमा तालिम दिदैं आएको छ । सोही अनुसार मंगलबारबाट सुदूरपशिचम प्रदेशका २१ वटा स्थानीय तहका ४५ जना महिला तथा पुरुष प्रशिक्षकहरुको सहभागिता रहेको महिला हिसां विरुद्धको अभियान प्रहार का संस्थापक प्रकाश चन्दले जानकारी दिए ।
तालिम एक हप्ता सम्म सञ्चालन हुने “प्रहार” संस्थाका संस्थापक चन्दले बताए ।
Leave a Reply