धनगढी : समता मिडिया सेन्टरको तेस्रो अधिबेशन शनिबार (१९ गते) हुने भएको छ । मिनि खप्तडको रुपमा चिनिएको डोटीको पूर्वीचौकी गाउँपालिका-२ बगलेकमा हुने भएको हो ।
आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उदेश्यले पहिलो गैरसरकराी संस्थाको रुपमा बगलेकमा आयोजना गर्न लागिएको अधिबेशन विहान १० बजेदेखी सुरु हुनेछ ।
सोही अबसरमा कोरोनाले दलित तथा विपन्न समुदायमा पारेको प्रभाव र नागरिक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम पनि हुने सो संस्थाले जनाएको ।
अन्तरक्रिया कार्यक्रममा डोटी जिल्लामा क्रियाशिल गैरसरकारी संस्था र संचारकर्मीहरुले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आफूहरुले गरेका सकारात्मक कामहरु बारे प्रस्तुती गर्ने छन् ।
संस्थाका अनुसार अन्तरक्रिया कार्यक्रमका लागि Bhakta BB Helping Hands For Humanity US ,सम विकास केन्द्र नेपाल डोटी,दलित महिला संघ डोटी,सिसा नेपाल दाङले सहयोग गरेका हुन् ।
कैलाली,कंचनपुर,डडेल्धुरा,अछाम र डोटी जिल्लाका ५० भन्दा बढी सदस्यहरुको सहभागीता रहने उक्त अधिबेशनले तीन बर्षे कार्यकालका लागि ७ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ ।
जात व्यवस्था विरुद्ध संचार अभियान भन्ने मूल परिकल्पनासहित ०७१ सालमा सामाजिक संस्थाको रुपमा स्थापना गरिएको सेन्टरले स्थापना कालदेखी दलित तथा सिमान्नतकृत समुदायको मानब अधिकार संरक्षण तथा प्रबद्र्धनका लागि मिडिया एडभोकेसीसाथै विभिन्न परोपकारी कामहरु गर्दै आएको संस्थाका कार्यकारी अध्यक्ष मिलन परियारले जानकारी गराए ।
Leave a Reply