सुधा देव सप्तरी : मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई महिला सिरहाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका-१ बाखैरकी ३५ वर्षीया उषा देवी मलाह रहेका छन्।
उनीहरूलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहा नगरपालिका-३ चोहर्वाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । १६ र १९ वर्षीया दुई युवतीलाई भारततर्फ बेचविखनका लागि लग्ने क्रममा पक्राउ उनीहरूलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठको भनाइ छ।
डिएसपी श्रेष्ठले भने,झयुवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको र लहान आइसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै भारत लग्ने क्रममा दुवै जनालाई पक्राउ गरिएको हो ।
दुवै जनामाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
न्युज कारखाना
Leave a Reply