पत्रकार हरिबहादुर थापाले अस्वीकार गरे ‘सुप्रबल जनसेवाश्री’ विभूषण

समतापोष्ट
  ३ आश्विन २०७८, आईतवार १०:४१

काठमाडौं : न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् ।

२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणाकाे निर्णय आइतबार सार्वजनिक गरेकी थिइन् ।

उक्त सूचीमा थापाको नाम ‘सुप्रबल जनसेवाश्री’ पदक पाउनेको १२औँ नम्बरमा छ। 

तर, थापाले  सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद । विगतमा मलाई पदकका लागि पटक-पटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

उनले राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभई सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने बताएका छन् । ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले लेखेका छन् ।

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *