कमिट नेपालको १४ औं बार्षिक साधारण सभा सम्पन्न

समतापोष्ट
  ५ आश्विन २०७८, मंगलवार १७:३६

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल,बाँकेको १४ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । “सामाजिक न्याय, आत्म सम्मान, सशक्तिकरण तथा रुपान्तरणका लागि सामुदायिक अभियान“ भन्ने मुल नाराका साथ नेपालगंजमा आयोजित साधारण सभा सम्पन्न भएको हो ।

कमिट नेपालका अध्यक्ष प्रकाश नेपाली (बादी) अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अथिति जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव थिए ।

अन्य अथितिको रुपमा गैरसरकारी संस्था महासंघ बाँके शाखाका अध्यक्ष नमस्कार शाह, राष्ट्रिय बादी संजालका अध्यक्ष केशव नेपाली, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकारहरु सहभागी थिए । साधारण सभामा कमिट नेपालका कार्यसमितिका पदाधिकारी तथा साधारण सदस्यहरु गरी ६२ जनाको सहभागिता रहेको थियो ।

कमिट नेपालका कार्य वाहक महा सचिव सितारा नेपालीले संचालन गरेको उद्धघाटन समारोहमा आ.व. २०७७/०७८ को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुतिकरण अनुमोदन र आ.व. २०७८/०७९ को अनुमानित कार्यक्रम तथा बजेट रकम १,६०,००,०००| (एक करोड साठी लाख) रुपैया सर्बसहमतिमा पारित गरिएको थियो । 

राष्ट्रिय बादी संजालका अध्यक्ष तथा कमिट नेपालका संस्थापक केशव नेपालीले कार्यक्रममा बादी समुदायको भावी योजना तथा दिगो लक्ष्य हासिल गर्नका निम्ति संस्था सदैव कटिबद्घ रहेको र साथै सामुदायको रुपान्तरणका लागि सशक्त रुपमा अघि बढ्ने र रुपान्तरणको कुरालाई जोड दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष प्रकाश नेपाली (बादी) ले अबको दिनमा बादी समुदायको हकहित प्राप्तिका निम्ती संस्था चुप लागेर नबस्ने र समुदायिक स्तरको अभियान बाटनै समुदायलाई सशक्त बनाई स्थानिय तह, प्रदेश हुदै राष्ट्रिय तह सम्म सरकारी सेवा सुबिधाका लागि वकालत तथा पैरवी गर्ने कुरा लाई जोड गर्ने प्रतिबद्घता व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *