हेलिकप्टर मार्फत खुम्बु पुगेर इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

समतापोष्ट
  ८ आश्विन २०७८, शुक्रबार १४:४१

काठमाडौं : चर्चित गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।

उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक सञ्जालमा बधाई दिएपछि वास्तविकता खुलेको हो ।

इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन् । अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैँले भने औपचारिक रूपमा सार्वजनिक गरेकी होइनन् ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो ।

उक्त भिडियो अहिले भाइरल बनेको छ । उनले जोशी र केडिया दुवैलाई बधाई दिएका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए ।

फोटो : इन्दिरा जोशीको फेसबुक वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *