ईटहरी : जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले १ नं प्रदेशमा शिल्पी दलितको समानुपातिक प्रतिनिधित्व नभए बिद्रोह गर्ने चेतावनी दिएका छन् ।
पुरानो एमाले,काङ्ग्रेस र माओवादी पार्टी जस्तै जसपामा पनि एउटा जातीको बर्चस्व रहने र शिल्पी दलितको समानुपातिक प्रतिनिधित्व नगरे आफुहरुले बिद्रोह गर्ने चेतावनी दिएका हुन् ।
नेपाली समाज इद्रेणी समाज झै रहेको र हामी नेपालीको राष्ट्रिय गितनै सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभैमभै फैलिएका मेचीमहाकाली तर नेपालका हरेक पार्टी हिन्दुवर्णाश्रम व्यवस्थामा आधारित रहि अहिले सम्म सबै पार्टीहरुमा एकल नस्लवादी बाहुनवादी हावी रहि त्यसकै बलमा सरकार बनेका कारण देशमा अहिलेसम्म जातीय विभेद तथा छुवाछूत हट्न नसकेको उनले बताए ।
शिल्पी र दलित समुदायमाथि अन्याय अत्याचार भैरहेको आरोप लगाउदै उनले जसपाले कुनै पनि हालतमा त्यसो गर्न नहुने भन्दै पार्टीले पार्टी केन्द्र देखि स्थानीय निकायसम्म शिल्पी दलितको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका हुन।
केन्द्रिय सदस्य कामिले जसपाको १ नम्बर प्रदेश स्तरीय शिल्पी दलितको बैठकमा पार्टीको १ नम्बर प्रदेश समितिमा एकाध प्रतिनिधित्व मात्रै गराएको भन्दै उनले तत्काल शिल्पी दलितको समानुपातिक प्रतिनिधित्व गर्न गराउन माग गर्दै आफ्नो हकधिकारका लागी सशक्त लाग्न आफू नेतृत्वको मातहतका शिल्पी विशेष समिति १ नम्बर प्रदेशलाई प्रशिक्षणमा सो कुरा बताएको सो बैठकमा सहभागी एक नेताले बताएका छन् ।
जसपा नेपाल शिल्पी विशेष समितिको बैठक असोज १६ गते शनिबार जसपाको प्रदेश नम्बर १ पार्टी कार्यालय सभाहल सुनसरीको इटहरीमा सम्पन्न भएको थियो ।
नरेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकमा जसपाका केन्द्रिय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामी प्रमुख अतिथि रहेका थिए । बैठकले पार्टीद्वारा संचालित सुदृढीकरण तथा जनजागरण अभियानलाई प्रभावकारी बनाउन उदेश्यले प्रदेश समितिको विशेष बैठक बसेको १ नम्बर प्रदेश शिल्पी विशेष समितिका अध्यक्ष नरेश बिश्वकर्माले बताए ।
सो बैठकले पार्टी द्वारा संचालित सुज अभियानलाई प्रभावकारी रूपमा संचालनका लागि शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका उपाध्यक्ष ज्ञानकुमार परियारको संयोजकत्वमा सदस्य सचिव समाजवादी शिल्पि र दलित मुक्ति संगठन प्रदेश १ का अध्यक्ष वालकुमार मुदेल, सदस्यहरुमा गोमा भूसाल (झापा) ,नरेश विश्वकर्मा (सुनसरी), धनिकलाल खत्वे (सुनसरी), मोहन विक (उदयपुर), बुद्ध बराईली (झापा), मनकुमार विक (झापा), तिलक मुदेल (खोटाङ्ग) शोभा हरिजन (मोरङ्ग) र मणिराम घतानी (सुनसरी) लगायतका ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ
समितिले सबै जिल्ला समन्वय समितिसंग सहकार्य गरि पार्टी द्वारा संचालित सुज अभियानमा शिल्पी र दलितहरुको उल्लेख्य उपस्थिति गराउने निर्णय समेत गरेको छ ।
पार्टी प्रदेश समितिको पुनर्गगठन गर्दा समितिमा शिल्पी समुदायलाई पदाधिकारी सहित सदस्यमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्न गराउन जोडदार माग गर्ने निर्णय गर्दै १ नम्बर प्रदेशमा शिल्पी र दलित मुक्ति संगठनलाई १४ वटै जिल्लामा आगामी कार्तिक मसान्त भित्रमा गठन गर्ने र मङ्सिरको दोस्रो हप्ता भित्रमा शिल्पी विशेष समिति १ नम्बर प्रदेशको प्रदेश स्तरिय भेला कार्यक्रम गर्ने निर्णय समेत गरेको अध्यक्ष नरेश बिश्वकर्माले जानकारी दिएका छ्न ।
उक्त प्रशिक्षण मुलुक बैठकमा पार्टी प्रदेशबाट कृष्ण लिम्बु र पार्टी नगर सचिव योसा गुरागाइले समेत मन्तव्य राखेका थिए ।
Leave a Reply