धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले नेपालको संविधानको भावना र मर्म अनुसारा कानून बन्न नसक्दा भूमिहिन दलितका समस्या समाधान हुन नसकेको बताएका छन् ।
राष्ट्रिय दलित नेटवर्क (RDN) को भूमिअधिकार अभियान, जनवकालत रणनीति निर्माण कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले भने, संविधानको धारा ४० को उपधारा ५ र ६ मा दलित भूमिहिनलाई जग्गा उपलब्ध गराउने संबैधानिक व्यवस्था भएपनि सरकारले कानून बनाउन नसक्दा भूमिहिन दलितका समस्या समाधान हुन नसकेको हो ।
अपन सोसाईटी फाउण्डेसन र राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालको संयुक्त साँझेदारीमा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाहरुमा संचालन हुने भुमि अधिकार अभियानको उदघाटनमा धारणा राख्दै उनले भुमि सम्बन्धी तिनवटै तहको साझा अधिकार स्पष्ट हुनुपर्ने र त्यसका लागि निति निर्माण गर्न हामीले सामुहिक पहल गर्नुपर्ने कुरा औल्याए । उनले जनताको जीवन, सम्पती र स्वतन्त्रताको लागि राज्यलेनै दायित्व निर्वाह गर्नुपर्ने र त्यसका लागि संबिधानको मुल भावना र मर्म अनुसार कानुन निर्माण हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथी एवं संबिधानसभा सदस्य हरी श्रीपाईलीले दलित भुमिहिनको समस्या सामाधानका लागि सरकारले आवश्यकतामा आधारित कानुन निर्माण नगरेको र भएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा राजनितिक ईच्छा शक्तिको आभाव रहेको बताए ।
राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका संस्थापक अध्यक्ष गणेश बि. के. ले अब्यवस्थित बसोवासीहरुको भुमि समस्या हल गर्न आम सचेतीकरण आवश्यक रहेको र त्यसमा सामुहिक आवाज बुलन्द गर्न दलित भुमिहिनहरुको संगठन निर्माण गरी परिचालन गर्न भुमि अधिकार अभियान कोशेढुंगा साबित हुने बताए ।
कार्यक्रमको उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण बि.क., नेपाल पत्रकार महासंघका पुर्व सुदूरपश्चिम प्रदेश ईन्चार्ज प्रकाश बिक्रम शाह, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनार, समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियार, फाया नेपालका संस्थापक अध्यक्ष शेर बहादुर बस्नेत, ह्याबिट्याट फर ह्यूमानिटिका राममणी चौधरी, याक नेपालका महासचिव हृदय पुजारा, भुमि अधिकार मंच कैलालीका अध्यक्ष लक्ष्मण बि.क., दलित गैरसरकारी संस्था महासंघका सुदूरपश्चिम प्रदेश संयोजक खडक बि.क. लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका केन्द्रीय सदस्य गिता नेपालीले संचालन गरेको उक्त कार्यक्रममा अभियानको खाका बारे टीम लिडर हुकुम बहादुर सार्कीले प्रस्तुती गरेका थिए । परियोजना संयोजक पार्वती आग्रीले स्वागत गर्नु भएको कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष मोहन ओडको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२ दिनसम्म संचालन हुने कार्यशाला गोष्ठीबाट भुमि सम्बन्धी सवालमा जनवकालत गर्नका लागि रणनितिक योजना निर्माण हुने आयोजकले जनाएको छ ।
Leave a Reply