![](http://samatapost.com/wp-content/uploads/2021/08/pahiro-bajura-1180x561.jpg)
बझाङ : बझाङको सुर्मा गाउँपालिकामा २० परिवार असोज अन्तिमदेखि भएको वर्षापछि १० दिनदेखि घरबारविहीन भएका छन्। १ सय ८० घरमा आंशिक क्षति पुगेको छ भने ५० घर उच्च जोखिममा परेका छन्।
५ वटा वडा रहेको सुर्मा गाउँपालिकामा सबैभन्दा बढी क्षति वडा नम्बर ५ मा भएको छ। वर्षाका कारण सुर्मा गाउँपालिकाका विभिन्न ठाउँमा खानेपानी, सिँचाइ र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ।
![](http://samatakhabar.com/wp-content/uploads/2021/05/new-shaileshwori.gif)
सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले गाउँपालिकामा ३० वटा खानेपानीका पाइपलाइन बाढी पहिरोले बगाएको छ भने ३ वटा कुलो भत्काएको बताए।
उनले खानेपानी अभावमा गाउँमा हाहाकार भएको बताए। वडा नम्बर ५ को काँडा गाउँ खोलाजस्तो भयो।
अध्यक्ष बोहराले भने, ’हिँड्ने सडक छैन, पिउने पानी छैन, खोलाका घट्ट सबै बगिसके।’ उनका अनुसार काँडा गाउँका मात्र करिब ३० परिवार विस्थापित भएका छन्।
![](http://samatakhabar.com/wp-content/uploads/2021/09/covid-vacine-Top-long-add.gif)
पहिरोले सुर्मा गाउँपालिकामा खानेपानी र सिँचाइको रुपमा प्रयोग भएका गाड, खोला र माटो फुटेर आएको बाढीले सबै संरचना क्षतविक्षत पारेको छ।
आफ्नो घरमात्र नभएर पूरै गाउँ नै बगरमा परिणत भएकाले आफूहरूलाई सुरक्षित बासका लागि सबैले पहल गरिदिन स्थानीय बमबहादुर बोहराले आग्रह गरेका छन्।
![](http://samatakhabar.com/wp-content/uploads/2021/04/CP-hospital-4.gif)
गाउँपालिकाले गाउँपालिकाका बाढी पहिरोले क्षति पुर्याएका ठाउँको स्थलगत अवलोकन गरेको छ।
अवलोकन टोलीमा गाउँपालिका अध्यक्ष बोहरा, ५ जना वडाध्यक्ष, उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेली, पत्रकार र प्रहरीसमेत थिए।
![](http://samatakhabar.com/wp-content/uploads/2021/10/Jaat-ko-Prashna-4-Box-Ad-320x55px-1.png)
घरबारविहिनका लागि घरटहरा तथा विस्थापित र उच्च जोखिममा रहेका परिवारलाई राहतको व्यवस्था गर्न प्रदेश सरकारसँग छलफल भइरहेको गाउँपालिका अध्यक्ष बोहराले बताए।
Leave a Reply