माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा प्रतिष्ठानमा हुने

समतापोष्ट
  १७ मंसिर २०७८, शुक्रबार ०७:३३

काठमाडौं : नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन प्रज्ञा प्रतिष्ठान भवनमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकले मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने उनले जानकारी दिए।

माओवादी केन्द्रको सम्मेलन पुस ११, १२ र १३ गतेसम्म हुँदैछ। पार्टीमा ७ लाख ६ हजार ५ सय सदस्यता पुगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *