बौनिया : कैलालीको बर्दगोरिया गाउँपालिकामा सुन्दरपुर ग्रामिण बिधुत सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
बर्दगोरिया गाउँपालिका-४ मा रहेको ग्रामिण बिधुतको कार्यालयमा बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि बर्दर्दगोरिया गाउँपालिका-४ का वडा सदस्य पुष्कर सुनार रहेका थिए । सुनारलेनै कार्यक्रमको उद्धघाटन गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै सुनारले बिधुत उपभोक्ताहरुलाइ मर्का नपर्ने गरी काम गर्नुपर्ने सुझाएका थिए । उनले ग्रामीण विधुत नाफाका लागि मात्र नभएर उपभोक्ताहरुको समस्यालाई मध्यनजर गर्दै उनिहरुको आवश्यकता अनुसार अगाडि बढ्नु पर्ने बताए
ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष धर्म सिं बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव पार्वती सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष राम बहादुर कठरिया थारु मा.बि.का बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल बहादुर भुल स्थानीय समाजसेबी सुर्य बहादुर थापा लगाएतले मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य सुन्दरपुर ग्रामिण बिधुतकी कोषाध्यक्ष तुलसी सिजापतीले गरेकी थिइन् । कार्यक्रमको संचालन स्थानीय लाल बहादुर भुलले गरेका थिए ।
Leave a Reply