दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

समतापोष्ट
  १९ फाल्गुन २०७८, बिहीबार १५:३७

धनगढी : समता मिडिया सेन्टरले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाका २५ जना दलित तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

१८ गते (बुधबार) गाउँपालिकाको बौनिया बजारस्थित बौनिया बजार व्यवस्थापन समितिको सभाहलमा आयोजित कार्यक्रममा चार वटा विद्यालयका २५ जना दलित तथा विपन्न विद्यार्थीलाई ७० हजार बराबरको स्कुल पोशाक,झोला, कापी कलम,जुत्ता,मोजा र मास्क लगाएतको शैक्षिक सामग्री सहयोग गरिएको सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले जानकारी दिए ।

सेन्टरले संचालन गरेको बालबालिका बचाउ अभियान अन्तर्गत लामो समयदेखी अमेरिका बस्दै आउनु भएका समाजसेबी अमर क्षेत्रीको सहयोगमा शैक्षिक सामग्री सहयोग गरिएको हो । समाजसेबी क्षेत्रीले विगत बर्षदेखी नेपालका विभिन्न दुर्गम ठाउँहरुमा शैक्षिक सुधारका लागि सहयोग गर्दै आएका छन् ।

गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु,नेपाल रेडक्रस सोसाइटी बौनिया शाखा सभापति लक्ष्मी प्रसाद जोशी,श्री जगदम्बा आधारभूत विद्यालयका प्रअ नेत्र बहादुर खड्का,बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बम, डिग्निटी फाउन्डेसनका अध्यक्ष रुक्मणी परियार,सेन्टरका कार्यकारी अध्यक्ष परियार,महासचिव बालकुमारी सुनार, बर्दगोरिया गाउँपालिका स्तरीय समता एक्सन ग्रुपका अध्यक्ष प्रेम सुनार लगायत सम्पूर्ण पदाधिकारीहरुको सहभागितामा वितरण गरिएको हो।

प्रति बालबालिका उनीको स्वीटर एक थान,उनीको टोपी एक थान,टाउजर एक थान,झोला एक थान,कापी कलम,जुत्ता एक जोर,मोजा एक जोर,मास्क चार थान सहयोग गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *