गुरुकुलमा जातीय विभेद अन्त्य गर्नुपर्छ : नेता भण्डारी

समतापोष्ट
  २१ फाल्गुन २०७८, शनिबार ११:३९

काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गुरुकुलमा जातीय विभेद गर्न नहुने र दलित जनजाति लगायतका इच्छुक सबै जातजातिले गुरुकुलमा वेद,पुराण पढ्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

समानता अभियान नेपालको आयोजनामा रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद,पुराण पढुन विषयक विचार गोष्ठीमा नेता भण्डारीले जातीय छुवाछूत सबै वर्ग र समुदायमा कुनै न कुनै रूपमा विद्यमान रहेकाले कुनै निश्चित वर्ग वा समुदायलाई दोषारोपण गर्नु उपयुक्त नहुने बताए ।

नेपाली समाज रूपान्तरणमा शिल्पी समुदायको योगदान अतुलनीय रहेकोले सो समुदायलाई विभेद गर्न नहुने धर्ममा कुनै विभेद नभएको तसर्थ गुरुकुलमा हुने जातीय विभेद पनि सामाजिक कुप्रथा भएकोले यसलाई निराकरण गर्नुपर्ने र गुरुकुलमा सबै जातजातिले पढ्न पाउने अधिकार सुनिश्चित गरे यसले सांस्कृतिक रूपान्तरणमा सहयोग पुर्याउने  स्पष्ट पार्नुभयो।

कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही दिनबन्धु पोखरेल प्राज्ञ डा.दिनेशराज पन्त राष्ट्रिय एकता अभियानका संयोजक विनय यादव दलित अधिकारकर्मी डाक्टर मित्र परियार नेपाल दलित पार्टीका केन्द्रीय अध्यक्ष मेघराज विश्वकर्माले पनि गुरुकुलमा जातीय विभेद अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *