विभेद विरुद्ध जनचेतनामूलक कार्यक्रम

समतापोष्ट
  ७ चैत्र २०७८, सोमबार १६:०५

डोटी : ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज डोटीको एक सामुदायिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

दिपायल सिलगढी नगरपालिका-५ बागठाटास्थित श्री महेन्द्र आधारभुत बिद्यालयका बिद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

समता फाउण्डेशनको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा बिद्यालयका प्रअ धर्म सिंह बिश्वकर्माले जातीय विभेद तथा छुवाछुत हिन्दु बर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले सृजना गरेको सामाजिक कुप्रथा भएको बताए । बिश्वकर्माले सामाजिक अपराधको रुपमा रहेको जातीय विभेद तथा छुवााछुत गर्नेलाई कानूनले दण्डित गर्ने हुदाँ यो प्रथा अन्त्य गर्न बिद्यार्थी अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रमको आयोजक सविना परियारले जातीय छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी देवानी तथा फौजदारी संहिताको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराउँदै विभेद विरुद्ध युवाहरु सक्रिय भएर लाग्न अनुरोध गरिन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुले विभेद आफूहरुले कहिल्यै नगर्ने प्रतिबद्धता जनाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *