प्रेस सेन्टरको अध्यक्षमा कविन्द्र परियार

समतापोष्ट
  ९ चैत्र २०७८, बुधबार १८:१३

कोहलपुर : प्रेस सेन्टर नेपाल राप्तीसोनारीको अध्यक्षमा कविन्द्र परियार निर्वाचित भएका छ्न । बुधबार राप्तीसोनारी-५ चिलहरियामा सम्पन्न सेन्टरको राप्ती सोनारी गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन ।

परियारको अध्यक्षतामा ९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । सेन्टरको उपाध्यक्षमा दिपक थारु,सचिवमा इश्वरी बहादुर केसी कोषाध्यक्षमा अनिता वली सहसचिवमा इन्द्रबहादुर थारु,चयन भएका छ्न ।

त्यस्तै सदस्यहरुमा खिम प्रकाश डिसी,किरण पुन मगर ,नरेश बुढा मगर ,सन्नी खत्री ,छविराज चौधरी चयन भएका छ्न ।

सेन्टरका बाँके जिल्ला उपाध्यक्ष राजेश आचार्यको सभापतित्वमा भएको कार्यक्रममा सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेका सदस्य तथा राप्तीसोनारी गाउँपालिका-६ का वडाअध्यक्ष जनक बहादुर थारू, लुम्बिनी प्रदेश सदस्य अमर खड्का माओवादी केन्द्रका राप्तीसोनारी गाउँपालिका अध्यक्ष चिम बहादुर घर्ती सेन्टरका लुम्बिनी प्रदेश सदस्य हेमन्त चौधरी लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *