डोटी : समाजमा कलंकको रुपमा रहेको जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न डोटीको दिपायल सिलगढी नगरपालिका-५ बागठाटा गाउँमा आज (बुधबार) अन्तरक्रिया गरिएको छ । गणतन्त्र नेपालमा अझै पनि छुवाछुत कायमै रहेको भन्दै अन्त्यका लागि गाउँ,बस्तीमा छलफल आबश्यक रहेकोले महिलाहरुबीच अन्तरक्रिया गरिएको हो ।
समता फाउण्डेसनको सहकार्य र सविना परियारले आयोजना गरेको अन्तरक्रियामा २० जनाको सहभागीता रहेको थियो ।
नेपाली समाज जात व्यवस्थामा आधारित भएकोले दलितहरु राज्यसत्ताबाट राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रुपमा पछाडि पारिएको लगाएतका विषयमा छलफल भएको थियो । छलफलका क्रममा आफूहरुमाथी गाउँमा अझै पनि छुवाछुतको व्यवहार गरिदै आएको हुँदा यस्को अन्त्यका कानून कार्यान्वयन जोड दिनुपर्ने सहभागीहरुले बताए ।
Leave a Reply