सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलितलाई लालपूर्जा वितरण शुरु

समतापोष्ट
  २१ चैत्र २०७८, सोमबार ०८:०४

सिन्धुली : संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

भूमिहीन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूमिहीन​लाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुने बताइन् ।

भूमिहीनलाई भूमि उपलब्ध गराउने अभियानमा देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँब्लकको जग्गाको नापी गर्ने र लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताइन् । मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उदेश्य रहेको भन्दै आगामी दिनमा फेरी पनि आयोग गठन गरिरहनु पर्ने तथा भुमि सम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न लागिपरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *