![](http://samatapost.com/wp-content/uploads/2022/04/Lija-limbu-1180x561.jpg)
काठमाडौं : बेलायतमा बस्दै आएकी तेस्रोलिङ्गी महिला लिजा लिम्बुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हकहितमा क्रियाशील संस्था ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग गरेकी छन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पक्षमा वकालत गर्दै आएका देशभरका विभिन्न संघसंस्थामा इन्टरनेटको पहुँच विस्तारका लागि भन्दै समाजसेवी लिम्बुले सोसाइटीलाई ४५ हजार रुपैंयाँ नगद सहयोग गरेकी हुन् । सोमबार सोसाइटीको कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यकारी प्रमुख मनिषा ढकाललाई उक्त नगद हस्तान्तरण गरिएको हो ।
समूदायको मुद्दा तथा अभियानलाई सामाजिक संजालमार्फत अघि बढाउन सहयोग पुग्ने हिसाबले इन्टरनेट खर्चवापत उक्त रकम प्रदान गरेको समाजसेवी लिम्बुले जानकारी दिइन । यसअघि अनाथ बालबालिका, विपन्न परिवार, दुःखी र असहायहरुलाई सहयोग गर्दै आएकी लिम्बुले आगामी दिनमा समूदायको अभियानमा आफ्नो सहयोग रहने प्रतिवद्धता पनि जनाइन ।
कार्यकारी प्रमुख ढकालले लिम्बुको सानो सहयोगले समूदायको अभियानमा टेवा मिल्ने र विश्वभर छरिएर रहेका नेपालीहरुमा पनि समूदायको अभियानमा साथ दिनुपर्छ भन्ने प्रेरणा मिल्ने बताइन ।
Leave a Reply