बाँकेमा सुरु भयो राष्ट्रिय बादी युवा सम्मेलन

समतापोष्ट
  १३ जेष्ठ २०७९, शुक्रबार १९:३२

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा शुक्रबार सामाजिक न्याय, प्रतिस्प्रधात्मक शिक्षा तथा उत्पादनशील ब्यबसायिक उत्प्रेरणात्मक युवा सम्मेलनको उद्धघाटन समारोह सम्पन्न भएको छ ।

तीन दिनसम्म संचालन हुने सम्मेलन कमिट नेपालका अध्यक्ष प्रकाश बादीको अध्यक्षता र हालै निर्बाचित नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आथित्यता तथा सोही उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईको बिशिष्ट अथित्यतामा सम्पन्न गरियो ।

सम्मेलनको अन्य अथितिहरुमा हालै नवनिर्बाचित नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं. ७ का सदस्य कल्पना बादी, बार्ड नं. ९ का सदस्य मिना नेपाली,राष्ट्रिय मानव अधिकार आयोग लुम्विनी प्रदेश प्रमुख,पत्रकार महासंघका सचिव विनोद डांगी,गैरसरकारी संस्था महासंघ बाँके अध्यक्ष नमस्कार शाह, दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य बुद्ध सुनार,राष्ट्रिय बादी संजालका केन्द्रीय अध्यक्ष केशव नेपाली बादी, राष्ट्रिय बादी युवा संजालका केन्द्रीय अध्यक्ष देवीसरा बादी लगायत बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार र बिभिन्न आठ जिल्लाका बादी समुदायका युवाहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा जाजरकोट, रुकुम, सल्यान, दाङ, बाँके,बर्दिया, कैलाली, सुर्खेत र दैलेख जिल्ला गरी ९ जिल्लाका ९९ जना बादी समुदायका युवा तथा अभियान्ताहरुको उपस्थिति रहेको थियो । बादी समुदायका यूवाहरुलाई सामाजिक न्याय, प्रतिस्प्रधात्मक शिक्षा तथा उत्पादनमुलक ब्यबसायमा उत्प्रेरित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको उद्धघाटन सत्रमा नेपालगंज उपमहानगर पालिका प्रमुख बिष्ट र उप प्रमुख राइ,बादी महिला सदस्यद्धय कल्पना नेपाली र मिना नेपालीलाई सम्मान गरिएको थियो । उद्धघाटनन समारोहको अन्त्यमा अथितिहरुले तीन दिने राष्ट्रिय बादी युवा सम्मेलनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *